तुलसीपुर उप- महानगरपालिकामा स्तनपान कक्ष !
दाङ । तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ ।
उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सो कक्षको उदघाटन गरिन् । स्तनपान कक्ष निर्माण गरेसँगै अब सानो दुधे बालक लिएर कार्यालयको काममा आउने कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुनेछ ।
दुई लाखको लागतमा निर्माण गरिएको सो कक्षमा सुतेर बच्चालाई दूध खुवाउनको लागि पलङसहितको बेड, बस्नको लागि सोफा राखिएको छ ।
उपप्रमुख आचार्यले स्तनपान कक्ष स्थापनासँगै तुलसीपुर उपमहानगरपालिकालाई नमूना स्मार्टसिटीको रुपमा विकास गर्न थप मद्दत मिल्ने छ भने । त्यस अवसरमा १० जना सुत्केरी सेवाग्राही महिलालाई न्यानो कपडा र झोला वितरण गरिएको थियो । रासस