राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता



काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेडबीच बैंकिङ तालिम संचालन गर्ने सम्बन्धी शुक्रबार सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात आ.ब. २०७५\०७६ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्नेछ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, नायव महाप्रवन्धक सुशिल श्रेष्ठ, विभागीय प्रमुख कपिलमणि ज्ञवाली, मित्रलाल पंज्ञानी, विभागीय उप प्रमुख भीमप्रसाद घिमिरे, नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका तर्फबाट हेड अफ प्रोग्राम धन थापा, कन्सल्टैण्ट बासुदेब अधिकारीको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु