प्राइम बैंकले कमायो १ अर्ब ८९ करोड खुद नाफा



काठमाडौं । प्राइम बैंकले गत आर्थिक बर्षमा १ अर्ब ८९ करोड रुपैंया खुद नाफा भएको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको खुद नाफा १ अर्ब ४६ करोड रुपैंयाँ रहेको थियो । बैंकले गत अर्थिक बर्षमा ४३ करोड रुपैंयाँ नाफा बढाएको हो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक बर्षमा बैंकले व्याजबाट ८ अर्ब ४५ करोड रुपैंया आम्दानी गरेको छ । यसरी नै व्याज खर्च भने ५ अर्ब ८९ करोड रुपैंया भएको छ ।

बैंकको व्याजबाट खुद नाफा २ अर्ब ५६ करोड भएको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको व्याजबाट खुद नाफा १ अर्ब ९० करोड भएको थियो । व्याज आम्दानी बढेकै कारण बैंक नाफामा गएको देखिन्छ ।

गएको आर्थिक बर्षमा बैंकले १ अर्ब रुपैंयाँ निक्षेप संकलन गरेर ६९ अर्ब ७० करोड रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।

अघिल्लो आर्थिक बर्षमा राइट व्याकको १८ करोड ५६ लाख रुपैंयाँ रहेको बैंकको गत आर्थिक बर्षमा भने १७ करोड ३५ लाख रुपैंया रहेको छ ।

८.१५ प्रतिशत कस्ट अफ फण्ड अघिल्लो आर्थिक बर्षमा भएपनि गत आर्थिक वर्षमा भने सो दर ८.०४ प्रतिशतमा झरेको छ ।

साथै, अघिल्लो आर्थिक बर्षमा बेस रेट १०.६४ प्रतिशत भएपनि गत बर्षमा १०.४७ प्रतिशतमा खुम्चिन पुगेको देखिन्छ ।


क्लिकमान्डु