कम्युनिष्ट पार्टीका सांसद्ले मागे अर्थमन्त्री खतिवडाको राजिनामा



काठमाडौं । ५ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टीका सांसद्हरुले अर्थमन्त्री डा युवराज खतिवडालाई हटाउन माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सयुक्त भेट गर्दै ५ नम्बर पदेशका केही सांसद्ले सरकारले राम्रो काम गर्न नसकेको र यसको प्रमुख जिम्मेवार अर्थमन्त्री भएको बताएका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि संचारकर्मीसँग कुरा गर्दै दाङबाट निर्वाचित सांसद् मेटमणी चौधरीले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको जानकारी प्रधानमन्त्रीलाई गराएको बताए ।

‘बजेटको कारण जनतामा निराशा छ,यसको मुख्य जिम्मेवार अर्थमन्त्रालय छ,सुधार नभएमा अर्थमन्त्रीले राजिनामा दिनुपर्छ,’चौधरीले भने ।

भेटमा प्रधानमन्त्री ओलीले आर्थिक अवस्थाको कारण सामाजिक सुरक्षा लगायत बृद्धभत्ता बढाउन नसकिएको बताउदै आगामी वर्ष यो बृद्धि हुने जानकारी दिएको चौधरीले बताए ।


क्लिकमान्डु