काभ्रेको साँगामा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको साँगामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।
शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमकाबीच बैंकका सहायक महाप्रबन्धक मनोज खड्का र जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब के.सी.ले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै सहायक महाप्रबन्धक खड्काले मेगा बैंकको हलोदेखि हाइड्रोसम्म भन्ने नारालाई चरितार्थ गरी ग्रामीण क्षेत्रका जनताहरुलाई बैकिङ्ग सेवा प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको बताए ।
कार्यक्रममा प्रमुख अतिति एवम् जिल्ला समन्वय समिति काभ्रेका प्रमुख के.सी.ले मेगा बैंकको शाखा रहित बैंंकिङ्ग सेवालाई काभ्रे जिल्लामा स्वागत गर्दै बैंकले अझ विकट क्षेत्रहरुमा गई बैंकिङ्ग सेवा दिन सुझाव दिए ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नं. १३ र १४ का वडाध्यक्षद्वय सूर्यनारायण नापित र गौरी राउत, नेपाल प्रहरी विद्यालयका समादेशक श्यामकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा माइक्रो बैकिङ्ग विभाग प्रमुख प्रकाश पोखरेलले उपस्थित सहभागीहरुलाई स्वागत गरेका थिए ।