सेल्सबेरीको दशौं शाखा अब महाराजगञ्ज चक्रपथमा



काठमाण्डौ । बिगत २६ वर्ष देखी पोखराबाट डिपार्टमेन्ट स्टोर ब्यबसाय शुरु गरेको सेलवेजले काठमाडौंको चक्रपथ महाराजगन्जमा आफ्नो दशौ शाखा बिस्तार गरेको छ ।

आज बिहिबारदेखी सुभारम्भ भएको उक्त शाखामा दैनिक ग्रोसरिज, फ्रोजन तथा आयातित मासुहरु, डेरी प्रोडक्ट, तरकारी तथा फलफुलहरु, सबै ब्राण्डका मदिरा , बियर, वाइन, ट्वालेटरिज्,पर्सनल सौन्दर्यका सामाग्री तथा घरमा चाहिने अत्यावश्यक किचनका गुणस्तरिय सामानहरु सुपथ मुल्यमा पाइने सेल्सबेरी डिपार्टमेन्ट स्टोरका संस्थापक सुशिल प्रधानाङ्गले बताए ।

ग्राहकको सेवा, सरसफाइ तथा कस्टुमर भ्यालुमा छुटै पहिचान बनाएको सेलवेजले १० औ शाखा बिस्तारको उपलक्ष्यमा बिशेष छुट योजना समेत ल्याएको छ । यो छुट योजना अन्र्तगत ग्राहकहरुले १००० देखी ५००० रुपैयाँको खरिदमा आकर्षक उपहारहरु पाउनेछन । त्यसैगरी १०,००० को खरिदमा ३ लिटरको प्रेसर कुकर निशुल्क पाउनेछन । साथै बम्पर उपहारमा ग्राहकले भेष्पा स्कुटर पनि जित्न सक्नेछन ।

यस स्टोरमा ताजा तरकारी तथा फलफुल लगायत घरमा चाहिने अत्यावश्यक सबै प्रकारका सामानहरु बिशेष छुटमा उपलब्ध हुनेछन । पार्किङको लागी पर्याप्त ठांउको ब्यबस्था, बच्चाहरुको लागी प्ले जोन र रेस्टुरेन्ट सुबिधा भएको यो स्टोर अपांगमैत्री समेत रहेको बताइएको छ ।

सेल्सबेरी डिपार्टमेन्ट स्टोरको हाल पोखरामा ३ वटा, काठमाडौं र ललितपुरमा ६ वटा तथा धरानमा १ शाखा सन्चालनमा रहेको सेलवेज तथा सेल्सबेरीका संस्थापक प्रधानाङ्गले जानकारी दिए । हाल यस कम्पनिमा ४०० जना कर्मचारिहरु रहेका छन भने १००० जना भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु