जेट एअरवेजका संचालकले हात उठाए, इन्डिगो एअरलाइन्स पनि संकटमा




केही वर्ष पहिले भारतको वायु सेवा प्रदायक कम्पनी किगंफिसर बन्द भएको थियो । त्यसैगरी भारतको निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी जेट एअरवेज बन्द हुने खबर सार्वजनिक भएको छ । जेट संञ्चालकको बैठकले कम्पनी बन्द गर्नुपर्ने अवस्था आएको बताएको छ ।

जेट कम्पनीको आर्थिक अवस्था कमजोर भएको छ । आगामी दुई महिना भित्र कम्पनीले आर्थिक सहायता नपाएमा जेट बन्द हुने बताईएको छ । कम्पनी जोगाउनको लागि कर्मचारीको तलबमा २५ प्रतिशत कटौति गरिने बताईएको छ ।

कम्पनीले लगातार २ वर्षसम्म कर्मचारीको तलबको २५ प्रतिशत कटौति गर्ने छ । यसरी कटौति गरिएको रकमको शोधभर्ना पनि हुनेछैन । कम्पनीले कर्मचारीलाई कम्पनी जोगाउन सहयोग गर्न आग्रह गरेको छ ।

यस बाहेक कर्मचारी संख्या घटाउने काम पनि सुरु गरिएको छ । कम्पनीले प्राविधिक विभागका कर्मचारीसँग राजिनामापत्र पनि मागिसकेको छ ।

लगातार २ वर्षसम्म नोक्सान व्योहोरिरहेको जेट एअरवेजको घाटा ७ सय ६७ करोड भारतीय रुपैयाँ पुगेको छ । अबको केही महिनामा जेटको घाटा १ हजार करोड भारतीय रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

भारतको निजी क्षेत्रको अर्को वायुसेवा प्रदायक इन्डिगो पनि आर्थिक संकटको सामना गरिरहेको छ । भारतीय संचार माध्यमहरुको सहयोगमा


क्लिकमान्डु