आर्किटेक्ट मिस नेपाल बनिन् गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर



काठमाडौं । आर्किटेक्ट मिस नेपाल २०१८ श्रृंखला खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर भएकी छिन् ।

व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातक गरेकी हुन् ।

आफू मिस नेपाल वल्र्ड २०१८ भएतापनि आफ्नो इन्जिनियरिङ पेशा अनुरुपको प्रोडक्टमा ब्राण्ड एम्वेसडर हुन पाएको उनले खुशी व्यक्त गरेकी छिन् ।

स्थायी तथा अस्थायी संरचनाको निर्माणमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानलको प्रयोगबाट भूकम्प पश्चातको पुननिर्माण तीव्र हुने सम्भावना भएकोलेपनि आफू गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर बनेको उनले सुनाइन् ।

वर्तमान समयमा निर्माण सामाग्रीको दुनियाँंमा नयाँंनयाँं निर्माण सामाग्रीहरु बजारमा उपलव्ध भएको कुरा औंल्याउँदै आर्किटेक्ट मिस नेपाल खतिवडाले आर्किटेक्टहरुले भबन डिजाइन गर्दा गोर्खा इको प्यानल जस्ता भूकम्प प्रतिरोधात्मक र वातावरणमैत्री निर्माण सामाग्री प्रयोग गर्न जोड दिइन् ।

मिस नेपाल श्रृंखलाले गोर्खा इको प्यानलको उपयोगिताबारे धेरै अध्ययन पश्चात मात्रै ब्राण्ड एम्वेसडर बन्न राजी भएको खुलाइन् ।

गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवाल र मिस नेपाल  २०१८ श्रृंखलाले दुई पक्षबीचको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आर्किटेक्ट इञ्जिनियरहरुको भाबनालाई आर्किटेक्ट इन्जिनियरले नै प्रतिनिधित्व गर्न सक्ने भएकोले आर्किटेक्ट मिस नेपाल श्रृंखलालाई ब्राण्ड एम्वेसडर बनाएको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए ।


क्लिकमान्डु