युनाईटेड ईन्स्योरेन्स र एनआईसी एशियाबीच बैंकान्स्योरेन्स सम्झौता
काठमाण्डौ । युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि. र एनआईसी एशिया बैंक लि. का बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।
सम्झौता पत्रमा युनाईटेड ईन्स्योरेन्स कम्पनीका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र एनआईसी एशिया बैंक लि. का तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सो अवसरमा दुबै संस्थाका प्रमुख कार्यकारी अधिकृतबाट सम्झौता बमोजिम बैंकको हाल संचालनमा रहेका शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयबाट ग्राहकहरुले धितो तथा अन्य सम्पत्तिहरुको बीमा रक्षवरण युनाईटेड ईन्स्योरेन्स कम्पनी मार्फत गर्न सक्ने र युनाईटेड ईन्स्योरेन्स कम्पनीले ग्राहकहरुको धितो तथा सम्पत्तिहरुको बीमालेख जारी गर्न सक्ने हुदाँ सहज र सरल प्रकृयाबाट बीमा सेवा उपलब्ध हुने विचार गरे ।
उक्त समारोहमा युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि.का का.मु. नायव महाप्रबन्धक जीवनकुमार उप्रेती तथा एनआईसी एशिया बैंक लि. तर्फबाट कर्पोरेट हेड सुदीप खनालको उपस्थिति रहेको थियो ।