सामसङले बनायो नफुट्ने स्क्रीन, कुन मोबाइलमा प्रयोग होला ?
काठमाडौं । दक्षिण कोरियन मोवाइल निर्माता कम्पनी सामसङले स्मार्ट फोनको लागि एउटा यस्तो स्क्रीन तयार गरेको छ, जुन खस्दा पनि फुट्ने छैन ।
कम्पनीका अनुसार सामसङको यो नफुट्ने स्क्रीन अन्डर राइटर ल्याबबाट भेरिफाइड भएहो हो । यो ल्याब अक्यूपेशनल सेफ्टी एवम् हेल्थ एडमिनिस्ट्रेशाको टेस्टिङ पार्टनर समेत रहेको छ ।
सामसङको यो स्क्रीनको डिस्प्ले ४ फिटको उचाईदेखि ६ फिटको उचाईबाट झारेर जाँच गरिएको छ । यो जाँचमा स्क्रीनको अगाडिको भागमा र साइडको किनारामा कुनैपनि समस्या पाइएन ।
यसको डिस्प्ले प्यानल ७१ डिग्री सेल्सियस र माइनस ३२ डिग्री सेलसियसमा पनि टेस्ट गरिएको कम्पनीले दाबी गरेको छ । यो मोबाइल अत्याधिक तापक्रममा पनि केही हुने छैन ।
सामसङको यो नयाँ स्क्रीनमा फेल्कजिबल ओएलइडी प्यानल राखिएको छ, जुन अनब्रेएबल सब्सट्रेटको बीचमा स्याडविच गरिएको छ ।
साथै, यसमा ग्लासको ठाउँमा प्लास्टीकको प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसको डिस्प्लेमा प्रयोग गरिएको प्लास्टिक ग्लास जस्तै देखिन्छ ।
कम्पनीले अहिलेसम्म यो नफुट्ने स्क्रीन कुन स्मार्टफोनमा प्रयोग गरिने हो भन्ने कुरा स्पष्ट पारेको छैन ।
स्रोतका अनुसार यो स्क्रीन नयाँ आउन लागेको स्मार्टफोन ग्यालेक्सी नोट ९ मा प्रयोग हुन सक्नेछ ।
ग्यालेक्सी नोट ९ यही साउन २४ गते न्यूयोर्कमा लन्च गरिने कार्यक्रम छ । एजेन्सीको सहयोगमा