त्रिशूलीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, १७ जनाको उपचार हुँदै
चितवन । इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा भएको बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक बालक रहेका छन् । पाँच जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका लागि अस्पत्ताल लैजाँदा बाटोमै मृत्यु भएको हो ।
घाइतेमध्ये ११ जनाको चितवन, पाँचको पोखरा तथा एक जनाको धादिङमा उपचार भइरहेको छ । अहिले घट्नास्थलमा प्रहरीले उद्धार जारी राखेको छ ।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि त्रिशूलीमा खसेको हो । रासस