पौडेल भए हाथवे फाइनान्सको नयाँ सीइओ



काठमाडौं । हाथवे फाईनान्स कम्पनी लिमिटेड (साविकको अरुण फाईनान्स लिमिटेड) को प्रमुख कार्यकारी अधिकृतमा सुवास पौडेल नियुक्त भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत पदबाट विष्णु पाण्डेले राजीनामा दिए पश्चात पौडेललाई नियुक्त गरिएको हो ।

पाण्डेको राजीनामालाई गत असार ३१ गते सम्पन्न कम्पनी सञ्चालक समितिको १४१ औं बैंठकले स्वीकृत गरेको थियो ।

यस्तै पौडेललाई भने साउन ४ गतेको १४३ औं बैठकले नियुक्ती दिएको कुरा कम्पनी जनाएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई समेत यो कुराको जानकारी गराएको बताएको छ ।


क्लिकमान्डु