नेवानिको दोस्रो वाइडबडी भोली आउँदै



काठमाडौं ।राष्ट्रिय धवाजबाहक नेपाल वायुसेवा निगमले आफ्नो दोस्रो वाइडबडी जहाज भोली (बिहीबार) काठमाडौं ल्याइपुर्याउने भएको छ ।

दोस्रो वाइडबडी पनि फ्रान्सको तुलुजबाट आउने हो । जहाज लिनका लागि नेवानिका महाप्रवन्धक सुगतरत्न कंसाकार फ्रान्स गइसकेका छन् ।

दोस्रो वाइडबडी जहाजको मुल्यपनि १० करोड ४८ लाख अमेरिकी डलर परेको छर जहाजमा २७४ सीट छन् । जसमा १८ वटा विजनेश र २५६ वटा नरम क्लासको सिट छ ।

नेपाल वायु सेवा निगमले यी दुई वाइडबडी जहाज किन्न करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ। त्यसका लागि निगमले साढे १२ अर्ब रुपैयाँ कर्मचारी सञ्चयक कोष र अर्को साढे १२ अर्ब रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएको छ ।

वायु सेवा निगमको यो वाइड बडी आएपछि चारवटा चारवटा ठुला जहाज हुनेछन् । निगमसँग अहिले एयर बस दुईवटा र बोइङ ७५७ एउटा जहाज रहेको छ ।

नेवानिले असार १४ गते ल्याएको पहिलो वाइडबडी जहाजले पनि परीक्षण उडान समेत गरिसकेको छ । परीक्षण उडान गरेको जहाजले साउन १६ गतेदेखि व्यवसायी उडान गर्नेछ । पहिलो वाइडबडीको पहिलो उडान भने कतार हुनेछ ।


क्लिकमान्डु