सिटिजन्स बैंकद्वारा महानगरीय प्रहरी परिसरलाई ७ लाख २० हजार सहयोग
काठमाण्डौ । “योर पार्टनर फर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ७ लखा २० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले सो रकम बराबरको चेक महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई हस्तान्तरण गरेका हुन् ।
प्रत्येक महिनाको पहिलो हप्ता ‘बेस्ट पोलिस अफ द मन्थ ललितपुर’ कार्यक्रम संचालनका गर्न बैंकले हरेक महिना तीन विधामा (अपराध अनुसन्धान तथा कारबाही, प्रहरी परिचालन तथा शान्ति सुरक्षा व्यवस्थापन र जनमैत्री सामाजिक सचेतनामूलक कार्यक्रम) पुरस्कृत हुने १–१ जनाप्रहरी कर्मचारीलाई जनही बीस हजारका दरले एक वर्षका निम्ति सो रकम प्रदान गरेको जनाइएको छ ।
कार्यक्रम अन्तर्गत असार महिनाको ३ उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सोमबार एक कार्यक्रम बीच पुरस्कृत गरियो । पुरस्कृत हुनेलाई बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले नगद पुरस्कार जनही २० हजार रूपियाँ र परिसर प्रमुख ऐरले प्रशंसा पत्र प्रदान गरेका थिए ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत भण्डारीले पुरस्कृत नभएका कर्मचारीहरूले पनि आफ्नो कर्तव्यप्रति उत्कृष्ट ढङ्गले कार्य सम्पादन गरिरहेको हुँदा निरुत्साहित नभई अर्को महिनामा पुरस्कार पाउने गरी उच्च मनोवलका साथ कार्य सम्पादन गर्न आग्रह गरेका थिए ।