रिलायन्स फाइनान्सले अवितरित हकप्रद सेयर लिलाम बढाबढमा बिक्री गर्ने



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्न शिलबन्दी बोलपत्र जारी गर्ने भएको छ ।

फाइनान्सले बिक्री नभएको ३ लाख १२ सय ७४ दशमलव ५२ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । सो सेयर खरिद गर्न लगानीकर्ताले न्यूनतम मूल्य १ सय बुझाउनु पर्छ ।

साथै, इच्छुक लगानीकर्ता कम्पनी, व्यक्ती, संघ संस्थाले यही श्रावण ८ गतेदेखि बोलपत्र पेश गर्न सक्ने छन् । बोलपत्र पेश गर्ने अन्तिम मिति यही श्रावण १६ गतेसम्म रहेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।


क्लिकमान्डु