यातायात समितिको बन्द खाता फकुवा गर्ने मन्त्री महासेठको तयारी



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले सार्वजनिक यातायातमा सिन्डिकेट गर्दे आएका विभिन्न नामका यातायात समितिको बन्द खाता फुकुवा गर्ने तयारी गरेका छन् ।

सार्वजनिक यातायातको क्षेत्रमा सिन्डिकेट अन्त्यगर्ने सरकारी घोषणा सँगै सरकारले यातायात समितिको खाता रोक्का गर्ने निर्णय गरेको थियो ।

तर, मन्त्री महासेठले सार्वजनिक यातायात व्यवस्थापन कसरी गर्ने सकिन्छ भनेर अध्ययन गर्ने बनाएको कार्यादलले नै समितिको खातामा रहेको सम्पति हुनेहरुलाई नै उपलब्ध गराउन सकिने चोर बाटो सिफारिस गरेका छनन् ।

कार्यदलका एक सदस्यले भने मन्त्री महासेठको दवावमा बन्द गरिएको खातामा रहेको समितिको रकम निकाल्न सकिने गरी रिर्पोट तयार भएको छ ।

कार्यददल तयार पारेको रिर्पोट मन्त्री महासेठले पाइसकेको छन । रिर्पोटमा समितिको बन्द खातामा रहेको पैसा उनीहरुको खर्चको विवरण हेरेर दिनसक्ने प्रावधान राखिएको स्रोतले बताए ।

समितिले आफ्नो खर्च विवरण जिल्ला प्रसाशन कार्यालयका बुझाउनु पर्ने रिर्पोटमा उल्लेख छ ।

समितिले बुझाएको खर्चको विवरण प्राणिकरण गरेर सोही अनुसारको रकम निकासका गर्न दिनुपर्ने रिर्पोटमा उल्लेख गरिएको स्रोतले बतायो ।

तर, सरकारले गैरनाफामुलक संस्थाको सम्पति यस अघि खाता रोक्का गर्दै राष्ट्रियकरण गर्ने बताएको थियो ।

सरकारी निर्णय लगतै केही समितिले भने जग्गा तथा भवन विक्री गर्ने तयारी गरेपनि सम्भव भएको थिएन् । केही समितिले भने खातामा रहेको रकम समेत झिकेका थिए ।

साथै रिर्पोटमा अहिले विभिन्न नाममा रहेका समिति कम्पनीमा गएको अवस्थामा पनि रकम कम्पनीको नाममा हस्तान्तरण गरिन सक्ने प्रावधान राखेको स्रोतले बतायो । सम्भवत कार्यदललको रिर्पोट आज सार्वजनिक गरिने छ ।

समितिको समय थप्नुपर्ने सुझाव

मन्त्री महासेठले नै गठन गरेको कार्यदलले अहिले विभिन्न नाममा जिल्ला प्रसाशन मार्फत दर्ता भएका यातायात समितिलाई कम्पनी मोडलमा जान समय दिनुपर्ने सुझाव दिएको छ ।

तर, यायायात व्यवस्था विभागले गत चैत १८ गते सवारी ऐनले समिति नचिन्ने भन्दै गरेको निर्णय गरेको थियो । त्यसलगतै सरकारले पनि समितिको समय अवधि असार मसान्तसम्म रहने गरी निर्णय गरेको थियो ।

सरकारी निर्णयमा असार मसान्तसम्म अहिले दर्ता भएको समिति बैधानिक रहेपनि साउन १ गतेबाट स्वत भंग हुने र नविकरण नहुने उल्लेख छ । तर, फेरि मन्त्री महासेठले संक्रणकालिन समय भन्दै समिति नै ब्युँताउने खेल गरेको कार्यदल एक सदस्यले बताए ।


क्लिकमान्डु