एनआईसी एशिया बैंकको दुई स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु
काठमाडौं । एनआईसी एशिया बैंकले दुई स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
बैंकले पर्वत जिल्ला, फलेवास नगरपालिकाको थापाठानामा र बर्दिया जिल्ला, बडैयाताल गाउँपालिकाको सितलाबजारमा आपm्नो बाह्रांै र तेह्रांै शाखारहित बैंकिङ्ग सेवा आषाढ २९ गतेबाट संचालनमा ल्याएको छ ।
बैंकले फलेवास नगरपालिकाको थापाठानामा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन पर्वत जिल्लाको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले गरे । बंैकको उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले श्रीमती कविता कुँवरलाई नियुक्त गरेको छ ।
यसैगरि बैंकले बडैयाताल गाउँपालिकाको सितलाबजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन सोहि गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सुन्दरमान श्रेष्ठले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धनसिंह सुनारलाई नियुक्त गरेको छ ।