सम्झौता अनुसार नै वाइडबडी जहाज



काठमाडौं ।  राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले खरिद सम्झौता अनुसार नै वाइडबडी जहाज ल्याएको स्पष्ट पारेको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानमा आफ्नो बजार हिसा बढाउन र राष्ट्रिय प्राथमिकतामा परेको पर्यटन विकासका लागि पहिलो पटक दुई वटा वाइडबडी जहाज खरिद गर्ने प्रक्रिया सुरुवात गरेको जनाएको छ ।
जसमा पहिलो जहाज नेपाल आइसकेको छ भने दोस्रो जहाज आउने क्रममा रहेको जनाएको छ । तर, जहाजले उडान समेत गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यमा आएको नकारात्मक सूचनाको खन्डन समेत गरेको छ ।

विमान निर्माता कम्पनीले आफ्नो काराखानाबाट कुनै पनि जहाज उत्पादन गर्दा एउटा सिरियल नम्बर (उत्पादन नम्बर) तोक्ने गर्छ । त्यही नम्बरलाई लिएर गरिएको भ्रामक सूचनाको निगमले खन्डन गरेको छ । यसैगरी विमानको टेक अफ तौल सम्झौता अनुरुपकै रहेको निगमले स्पष्ट पारेको छ ।


पुष्प दुलाल