सुनमा सहुलियतः बैंकहरुले एकैदिन एक महिनाका लागि सुन किन्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले एक महिनासम्मका लागि एकमुष्ठरुपमा सुन किन्न पाउने व्यवस्था गरेको छ ।

यसअघि बैंकहरुले राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिकरुपमा सुन आयात गर्नुपर्थ्यो । त्यसो गर्दा आयातको लागत बढी हुथ्यो ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने व्यवस्था गरेको हो ।

सुनचाँदी व्यवसायीहरुले राष्ट्र बैंकबाट इजाजतपत्र लिई विदेशी, एनआरएन, कुटनीतिक नियोगका पदाधिकारीहरुलाई स्वदेशमै विदेशी मुद्रामा सुनका गरगहना बिक्री गरेमा त्यसका लागि थप सुन उपलब्ध गराउने पनि व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ ।


पुष्प दुलाल