सहकारी छोड्यो राष्ट्र बैंकले




काठमाडौं । सरकारी संस्थाहरुको बलियो नियामक भएन भन्ने गुनासो चलिरहेको बेलामा नेपाल राष्ट्र बैंकको नियमन क्षेत्रभित्रका सहकारी संस्थाहरुलाई पनि राष्ट्र बैंकले हटाएको छ ।

एक दर्जनभन्दा बढी सहकारी संस्थाहरुलाई नियमन र सुपरिवेक्षण गर्दै आएको राष्ट्र बैंकले आगामी आर्थिक बर्षदेखि सहकारीलाई नहेर्ने भएको हो ।

आगामी आर्थिक बर्षको लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा यस्तो ब्यवस्था गरिएको छ ।

‘सिमित बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सहकारी संस्थाहरुलाई २०७५ साउन १ गतेदेखि राष्ट्र बैंकको नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट अगल गराइने छ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था तथा लघु वित्त वित्तीय संस्थाहरुको नियमन र सुपरीबेक्षणको लागि बेग्लै निकाय स्थापना गर्ने बिषय पटक पटक उठ्ने गरेको छ । तर अहिलेसम्म यस्तो कार्यले मूर्त रुप लिन पाएको छैन । बचत तथा ऋण सहकारी संस्थाहरुमा समस्या उत्पन्न भएकोले बलियो नियामक चाहिने आवाज उठिरहेको बेलामा राष्ट्र बैंकले आफ्नो नियमन दायरमा रहेका सहकारी संस्थाहरुलाई पनि हटाएको हो ।


क्लिकमान्डु