नेपालमै कमाउँछन् विदेशी पाइलटले मासिक १८ लाखसम्म



काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्समा जहाज उडाउने विदेशी पाइलटले मासिक १८ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । तर, नेपालमा राम्रो रोजगारी पाइदैन भने प्रश्न सधै उठिरहेको छ ।

नेवानिले पाइलट अभावकै कारण विदेशी पाइलट लागि करारमा नियुक्ति गर्दै मासिक १२ लाख रुपैयाँ देखि १८ लाख रुपैयाँ सम्म दिने गरेको छ ।
नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार पाइलट अभाव थेग्न कै लागि विदेशी पाइटलट लाई धेरै तलब दिन परेको बताए ।

नेवानिले पाइलट माग गर्दा आवश्यक संख्या जति पनि आवेदन नआउने गरेको जनाएको छ । तर, अन्य पदका लागि आवेदन गर्दा भने हजारौं गुण बढी आवेदन पर्ने गरेको कंसकार बताउँछन् ।

पाइलट अभावकै कारण नेवानिले चीनबाट ल्याएको वाई १२ जहाज ग्राउन्डेड भएर बसेको उनको भनाइ छ । नेवानिसँग चार वटा वाई १२ जहाज उडानका लागि ४ जना मात्रै पाइलट भएको जनाएको छ ।

तर, चारवटा वाई १२ जहाज उडानका लागि अझै ८ जना पाइलट अभाव रहेका उनको भनाइ छ । पाइलट अभावकै कारण आन्तरिक उडानमा नेवानिको बजार हिसा पनि घटेको उनको भनाइ छ ।

नेवानिले अहिले साना जहाज उडाउने विदेशी पाइलटका लागि कर सहित मासिक १२ हजार र एयरबस तथा वाइडबडी जहाज उडान गर्ने पाइलटका लागि १८ लाख रुपैयाँ सम्म खर्च गर्ने गरेको उनी स्वीकार गर्छ । नेवानिको लक्ष्य भएसँम्म नेपाली पाइलट नै राख्ने नीति हो ।

तर, पाइलट नै नभएपछि विदेशी ल्याउने परेको उनको भनाइ छ ।नेवानिसँग जुलाई २५ मा आउने वाइडबडी जहाजसहित १३ वटा साना ठुला जहाज हुन्छ ।

तर, १३ जहाज उडाउनका लागि ८८ जना मात्रै पाइलट रहेको उनले जानकारी दिए । सबै जहाज फुल फेजमा सञ्चालन गर्न नेवानिलाई १ सय १६ जना पाइलट आवश्यक पर्छ । जसका कारण पाइलट आवश्यता पुरा गर्न विदेशी पाइलटका लागि बढी रकम खर्च गर्नुपर्ने बताए ।

नेवानिले अहिले ट्विनअटर, वाई १२, एमए ६०, बोइङ, एयर बस र वाइडबडी हजार मार्फत आफ्नो सेवा दिँदै आएको छ ।

वाइबडीको पहिलो वा भने साउन १६ गतेबाट हुने नेवानिले जनाएको छ । तर, नेवानीसँग अहिले दुई वटा ट्विनअटर जहाज उडाउने ५ पाइलट र पाँच जना नै को–पाइलट रहेको छ ।

यो संख्याले भने फुल फेजमा ट्विनअटर उडान गर्न सक्ने क्षमता भएको कंसाकार बताउँछन् । यसैगरी नेवानिसँग रहेको चार वटा वाई १२ जहाज उडानका लागि भने ४ जना पाइलट र ८ जना मात्रै को–पाइलट रहेको छ । यो संख्यामा ८ जना पाइलट अपुग हो ।

जसका कारण वाई १२ जहाज उडान गर्न सक्ने विदेशी पाइलट ल्याउने तयारी भएको कंसकार बताउँछन् । यसैगरी २ वटा एमए ६० जहाज उडानका लागि नेवानिसँग ६ जना पाइलट र २ जना कोपाइलट छ । यस्तैगरी एउटा बोइङ उडानका लागि ८ जना पाइलट र एक जना कोपाइलट रहेको कंसाकारले जानकारी दिए । यसैगरी दुई वटा एयरबस उडानका लागि पनि आवश्यक मात्रमा पाइलट रहेको कंसाकार बताउँछन् ।

नेवानिसँग एयरबस उडान गर्न सक्ने २० जना पाइलट र १० जना को–पाइलट छ । तर,नेवानिले भखरै मात्रै ल्याएको एउटा वाइडबडी र अब आउने अर्को बाइडबडी जहाज उडानका लागि भने दुई जना मात्रै पाइलट र ६ जना कोपाइलट रहेको कंसाकार बताउँछन् ।

यसैगरी अहिले ४ जना पाइलट परीक्षणको क्रममा छ । तर, पनि नेवानिको वाइडबडी फुल फेजमा सञ्चालन गर्न १२ पाइलट र १२ को–पाइलट विदेशी नै ल्याउनु पर्ने उनको भनाइ छ ।

बाइडबडी जहाज उडान गर्ने पाइलट करामा ल्याउँदा प्रति पाइलट मासिक १८ लाख रुपैयाँ र को–पाइलट ल्याउँदा प्रति कोपाइलट १२ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने उनको भनाइ छ ।


पुष्प दुलाल