ललितपुर महानगरले दिने भयो ५ हजार बृद्ध भत्ता



ललितपुर । ललितपुर महानगरले बृद्धबृद्धालाई ५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । महानगरले असार ३२ गते सार्वजनिक गर्ने तयारी गरेको बजेटमा ७७ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई वार्षिकरुपमा एकमुष्ठ ५ हजार रुपैयाँ भत्ता दिने उल्लेख छ ।

तत्कालिन एमालेले आफ्नो निर्वाचन घोषणपत्रमा बृद्ध भत्ता बढाउने उल्लेख गरेको भएपनि गत जेठमा सार्वजनिक भएको संघीय सरकारको बजेटमा बृद्ध भत्तालाई सम्बोधन गरिएको थिएन ।

त्यसैगतिर काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि बृद्ध भत्ता बढाउने भन्दै निर्वाचन प्रचार प्रसार गरेका थिए ।

महानगरभित्रका बृद्धबृद्धाको सामाजिक सुरक्षा गर्नु आफ्नो कर्तव्य भएको मेयर चिरिबाबु महर्जनले बताए ।

देशभरका स्थानीय निकायमध्ये सबैभन्दा धेरै रकमको बजेट काठमाडौं महानगरले ल्याएको थियो । काठमाडौं महानगरलेल १३ अर्ब २ करोडको बजेट ल्याएको भए पनि बृद्ध भत्ता बढाउन सकेको थिएन ।

तर ललितपुर महानगरले भने ४ अर्बको बजेटबाट सामाजिक सुरक्षा भत्ताको लागि ७ प्रतिशतत रकम विनियोजन गर्ने प्रस्ताव गरेको छ । जसअनुसार ललितपुर महानगरपालिकाले एक वर्ष ३० करोड रुपैयाँ बजेट सामाजिक सुरक्षा भत्तामा खर्च गर्नेछ ।

महानगरभित्रका बृद्धबृद्धाको सामाजिक सुरक्षा गर्नु आफ्नो कर्तव्य भएको मेयर चिरिबाबु महर्जनले बताए ।


पुष्प दुलाल