अर्थमन्त्रीले खतिवडाले भने- म डा. महतलाई असफल बनाउन चाहन्न



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आफु पूर्वमन्त्री डा रामशरण महतलाई असफल बनाउन नचाहेको बताएका छन् ।

पूर्वमन्त्री अर्थमन्त्री महतले अर्थमन्त्री डा खतिवडाले बजेटमा लिएको ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य हासिल नहुँने र भएमा आफु असफल हुने टिप्पणी रिपोर्टस क्लबमा गरेका थिए ।

‘ डा महत मभन्दा धेरै सिनियर हो, म उहाँलाई आधार गर्छु, उहाँलाई असफल नबनाउद आर्थिक बृद्धिदर ७.९ प्रतिशत हासिल गरौला’,अर्थमन्त्री खतिवडाले अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।

उनले माथिल्लो तामाकोसी बन्ने मेलम्ची आयोजना पुरा हुने कृषि र उद्योग क्षेत्रको योगदान बढ्ने आधारमा ८ प्रतिशत आर्थिक बृद्धिदर बजेटमा लिइएको बताए ।

८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य भेटाउन गार्हो हुने टिप्पणी धेरैजना अर्थविद्ले गरेका छन् । अर्थमन्त्री डा खतिवडा भने ८ प्रतिशतको आर्थिक बृद्धिदर सहजै भेटिनेमा विश्स्वस्त देखिएका छन् ।


क्लिकमान्डु