आजको संसदः पहिले प्रधानमन्त्री ओलीको भाषण, त्यसपछि अर्थमन्त्रीको आर्थिक सर्वेक्षण
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षण पेश गर्ने भएका छन् ।
संघीय संसद सचिवालयले आजको बैठकका लागि तय गरेको कार्यसूचीको तेस्रो सूचीमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ ।
अर्थमन्त्रीले आर्थिक सवेक्षण पेश गर्नुअघि जेठ ७ गते राष्ट्रपतिले सार्वजानिक गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुको उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिँदैछन् ।
चालु आर्थिक वर्षमा भएका आर्थिक प्रगति तथा आर्थिक अवस्थाका बारेमा अर्थमन्त्रीले जानकारी गराउने प्रचलन छ ।
आर्थिक वर्ष २०७५÷७६ को बजेट ल्याउने केही दिन पहिले संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने नियमित प्रक्रिया रहँदै आएको छ ।