रसुवागढीबाट काठमाडौं रेल आउँछ ? तीन महिनामा थाहा हुन्छ



काठमाडौं । रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु भएको छ । आइतबार आएको चिनियाँ प्राविधिक टोली लिएर रेल विभागका उच्च अधिकारी रसुवागढी पुगेका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी सहित रेल विभागका टोलीले केही चीनसँग रेलमार्ग निर्माणमा सम्झौता गरेका थिए । सम्झौता लगतै चिनियाँ टोली नेपाल आएका हुन् ।
रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले फेसबुकमा रेलमार्गको अध्ययन सुरु भएको फोटो पोष्ट गर्दै जानकारी दिएका छन् ।
रेलमार्ग अध्ययनका लागि चिनियाँ प्राविधिक लिएर रसुवागढी तर्फ लागेको जानकारी दिएका छन् ।


करिब ८० किलोमिटर लामो उक्त रेलमार्ग निर्माणका मोडालिटी भने टुंगो लागेको छैन । नेपाल सरकारले चीनलाई अनुदानमा सो मार्ग बनाइदिन आग्रह गरेको छ । तर चीन सरकारले भने सो विषयमा हालसम्म सहमति जनाएको छैन ।
आगामी अगष्टसम्म अध्ययन सकेर विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने गरी रेल विभाग तयारीमा लागेको छ । चिनियाँ पक्षसँग भएको सम्झौताअनुसार केरुङबाट काठमाडौँ, काठमाडौँदेखि पोखरा र पोखरा लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिने छ । रसुवागढी काठमाडौँ रेलमार्गको लागत ३सय अर्बको हाराहारीमा हुनेछ ।
नियमित रुपमा अध्ययन गरिने र आगामी अगस्टसम्म जसरी पनि सक्ने तयारी गरिएको छ । सरकारले सोमबार मात्रै सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा समेत सो रेलमार्गलाई प्रमुख प्राथमिकतामा राखेको छ । चीन सरकारले समेत सो रेलमार्ग निर्माणमा चासो राख्दै आएको छ ।


क्लिकमान्डु