यातायात व्यवसायीको बन्द फिर्ता

189
Shares


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार गरेको देशब्यापी चक्काजाम शनिबारबाट हटाउने निर्णय गरेछ । व्यवसायीहरुले सार्वजनिक सूचना मार्फत चक्काजाम हटाउने निर्यणसँगै यातायात नियमित रुपमै संचालन भएका छन्।

शुक्रबार साँझ यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिले विज्ञप्ति प्रकाशन गर्दै आफ्नो आन्दोलन कार्यक्रम सफल भएको दाबी गर्दै शनिबारदेखि नियमित यातायात सुचारू हुने बताएको हो।

समितिले जारी गरेको विज्ञप्तिमा शुक्रबारको यातायात बन्दबाट प्रभावित भएका यात्रुसँग क्षमासमेत मागेको छ।

साथै सरकारले नियन्त्रणमा लिएका यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण सुवेदी, कोषाध्यक्ष दम्बर पन्त, महासचिव सरोज सिटौलालगायत देशभरबाट पक्राउ परेका यातायात व्यवसायी कर्मचारी तथा मजदुरलाई बिना शर्त रिहाई गर्न मागसमेत गरेको छ।

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रमा देखा परेका समसामयिक समागलाई वार्ताद्वारा हल गर्नका लागि सरकारसँग अनुरोध पनि गरेका छन् ।