आइएमई जनरल इन्स्योरेन्स र मेडिसिटी हस्पिटलबीच नगद रहित सेवा सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटी हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सो सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त गर्ने छन् ।


क्लिकमान्डु