नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम बढ्यो

49
Shares

काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से १४.१७ अंकले बढेको थियो भने बुधबार भने १३.९५ अंकले घटेको थियो । यसअघिका छ कारोबार दिन भने नेप्से लगातार बढेको थियो ।

आज नेप्सेमा कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

शुक्रबार कारोबारमा आएकामध्ये १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको घटेको छ । यस्तै, १५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।