
एजेन्सी । अमेरिका र चीनबीच कृत्रिम बुद्धिमत्ता (एआई) को विषयमा आउँदो सेप्टेम्बरमा वार्ता हुने तयारी भइरहेको छ ।
रोयटर्सलाई उद्धृत गर्दै यस मामिलाका पाँचजना जानकार स्रोतहरूले बताएअनुसार, यी दुई शक्तिशाली राष्ट्रहरूले आफ्ना तीव्र रूपमा विकसित र प्रतिस्पर्धी ‘फ्रन्टियर मोडल’ हरूबाट सिर्जना हुन सक्ने जोखिमलाई कसरी नियमन गर्ने भन्ने विषयमा छलफल गर्नेछन् ।
गत मे महिनामा भएको ट्रम्प–सी शिखर सम्मेलनको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यो एआई वार्ता चिनियाँ राष्ट्रपति सी चिनपिङको सेप्टेम्बर २४ मा हुने भनिएको अमेरिका भ्रमण अगाडि नै आयोजना हुने सम्भावना छ । वार्ताको औपचारिक मिति भने अझै तय भइनसकेको ती स्रोतहरूले रोयटर्सलाई जानकारी दिएका छन् । सूचना सार्वजनिक नभएकाले उनीहरूले आफ्नो नाम गोप्य राख्न अनुरोध गरेका छन् ।
वार्तामा अमेरिकी पक्षको नेतृत्व अर्थमन्त्री स्कट बेसेन्टले गर्ने चारजना स्रोतहरूले बताएका छन् । वार्ताको तयारी अहिले प्रारम्भिक चरणमा रहेकाले सहभागी हुने अन्य सदस्यहरूको नामावली, छलफलका मुख्य एजेन्डा र वार्ता हुने स्थानका बारेमा अझै गृहकार्य भइरहेको तीमध्येका तीनजना स्रोतको भनाइ छ ।





प्रतिक्रिया