बालेन सरकार बनेपछि साढे २ लाख अवैध बेटिङ साइट बन्द, १३ वटा नेटवर्कका २६ एपसमेत परे

147
Shares

काठमाडौं । बालेन शाह नेतृत्वमा सरकार बनेपछि नेपालमा अवैध रूपमा सञ्चालन भइरहेका विभिन्न १३ नेटवर्क सेवाप्रदायकबाट चल्ने साढे २ लाख अवैध बेटिङ साइट र २६ वटा एप बन्द गराएको छ ।

नेपाल सरकारले अनलाइनमार्फत हुने अवैध सट्टेबाजी, जुवा (ग्याम्बलिङ) र बेटिङमाथि कडा निगरानी राख्दै ती वेबसाइट र एपहरू बन्द गराएको हो ।

बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले चैत १४ गते सार्वजनिक गरेको सरकारको सय कार्यसूचीमा २४ घण्टाभित्रै बेटिङ साइट बन्द गर्ने घोषणा गरेको थियो । उक्त घोषणा अनुसार सञ्चार मन्त्रालयले सरकार बनेको सय दिनमा उक्त साइट बन्द गरिएको जानकारी दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म २ लाख ४८ हजार ६ सय ७६ वटा अवैध डोमेन लिङ्क र २६ वटा दर्ता भएका एपहरू बन्द भएको उल्लेख छ ।

मन्त्रालयले गत २०८२ चैत १५ गते नेपालभित्र सञ्चालनमा रहेका यस्ता अवैध गतिविधि रोक्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही निर्देशनको कार्यान्वयन गर्दै प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई पत्राचार गरी त्यस्ता साइटहरूमा पहुँच बन्द गरिएको उल्लेख छ ।

सञ्चार मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणबाट बन्द गराइएका यस्ता अवैध साइटमाथि नियमित अनुगमन र कारबाही हुने पनि उल्लेख छ ।

अनलाइन बेटिङका कारण ठूलो रकम विदेशिने र सामाजिक विकृति बढ्दै गएपछि सरकारले यो कदम चालेको सञ्चार मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता साइटहरू नियमित रूपमा पहिचान गरी बन्द गराउन निरन्तर पत्राचार र अनुगमन भइरहेको समेत जानकारी दिएको छ ।

नेपालको कानूनले अनलाइन जुवा र सट्टेबाजीलाई अवैध मानेको छ । सरकारले यस्ता गतिविधिमा संलग्न नहुन र त्यस्ता वेबसाइटका बारेमा जानकारी भएमा प्राधिकरण वा सम्बन्धित निकायमा खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

कुन सेवा प्रदायकले कति साइट बन्द भए ?

क्रम संख्यासेवा प्रदायकको नामबन्द गरिएका साइट/लिङ्क संख्या
वेबसफर ३५,४५४
डीसहोम २५,५३८
क्लासिकटेक२५,५१६
सजिलो नेट २४,९३६
एनसेल २२,२२६
टेकमाण्डस २१,७६८
वर्ल्डलिंक२२,०६३
नेपाल टेलिकम २१,७४३
सुबिशु २१,७०५
१०सि.जी. १७,७०६
११इस्टलिंक १४,३०४
१२भयानेट १०,४४६
१३पोखरा नेट ७,३३४
कुल२,४८,६७६