
काठमाडौं । सेयर बजारमा १४ अंकको वृद्धि आएको छ । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ अंकले बढेर २५९० बिन्दुमा कायम भएको हो ।’
अघिल्लो दिन मंगलबार भने नेप्सेमा ६.११ अंकको वृद्धि भएको थियो ।
आज नेप्सेमा कुल ४ अर्ब १७ करोड माथिको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ३ अर्ब ५५ करोडको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये १९६ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको घटेको छ । यस्तै, १९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।






प्रतिक्रिया