
काठमाडौं । बुधबार बिहान फ्रान्सको विश्वकप यात्रा निकै निराशाजनक रूपमा समाप्त भयो । डिडिएर देस्च्याम्प्सको टोलीलाई स्पेनले २-० ले स्तब्ध बनायो ।
फ्रान्सका स्टार खेलाडीहरू किलियन एमबाप्पे, माइकल ओलिसे र ओस्मान डेम्बेले यस खेलमा पूर्ण रूपमा शान्त देखिए ।
सेमिफाइनलको पहिलो ८० मिनेटसम्म फ्रान्सले एउटा पनि ‘शट अन टार्गेट’ गर्न सकेन र ‘ला रोजा’ (स्पेन) फाइनलमा प्रवेश गर्यो ।
विश्वकपको मुख्य दावेदार मानिएको फ्रान्सको सुरुवात मध्यम रहे पनि पहिलो हाफको बीचतिर उनीहरू पछि परे । लुकास डिग्नेले लामिन यामललाई फल हानेपछि स्पेनले पेनाल्टी पायो, जसलाई मिकेल ओयार्जाबालले गोलमा परिणत गरे । यस प्रतियोगितामा फ्रान्स पहिलो पटक खेलमा पछि परेको थियो ।
त्यसपछि फ्रान्सले खेलमा नियन्त्रण जमाउने कुनै संकेत देखाएन । एमबाप्पे, डेम्बेले, ओलिसे र ब्राड्ली बारकोलाले बुनेका हरेक आक्रमणलाई स्पेनले विफल तुल्याइदियो । अर्कोतर्फ, फ्रान्सेली रक्षापंक्तिले यामल, ओयार्जाबाल र डानी ओल्मोलाई रोक्न निकै संघर्ष गर्नुपर्यो ।
पहिलो हाफमा स्पेनले केही चुनौती दिए पनि फ्रान्सले त्यसबाट पाठ सिकेन । दोस्रो हाफको सुरुवातमै स्पेनले दोस्रो गोल गर्यो । घाइते विलियम सालिबाको स्थानमा मैदान छिरेका म्याक्सेन्स लाक्रोइक्स झुक्किँदा डानी ओल्मोले पेड्रो पोरोलाई पास दिए, जसमा पोरोले सहजै गोल गरे ।
प्रशिक्षकको रूपमा डिडिएर देस्च्याम्प्सको गौरवशाली कार्यकाल लगातार तेस्रो फाइनलमा नपुगी समाप्त भएको छ । लुइस डे ला फुएन्टेको स्पेनिस टोली भने हकदारका साथ फाइनलमा पुगेको छ । खेलाडीको प्रदर्शनलाई लिएर खेलकुद सम्बन्धी अनलाइन गोलडट कमले रेटिङ गरेको छ ।
खेलाडीको रेटिङ
गोलकिपर र रक्षापंक्ति:
माइक मेग्नान (५/१०): धेरै बचाउ गर्न सकेनन्, तर हारको लागि उनलाई मात्र दोष दिन सकिँदैन।
जुल कुन्डे (५/१०): कुकुरेलालाई धेरै ठाउँ दिए, जसले गर्दा पेनाल्टीको अवसर सिर्जना भयो।
डायोट उपामेकानो (६/१०): स्पेनका केही खतरनाक आक्रमणहरू रोके।
विलियम सालिबा: खेल राम्रो खेलिरहेका थिए तर ३०औं मिनेटमा घाइते भएर बाहिरिए।
लुकास डिग्ने (२/१०): लामिन यामललाई फल हानेर पेनाल्टी दिए। खेलभरि कमजोर प्रदर्शन गरे र पछि प्रतिस्थापन गरिए।
मिडफिल्ड :
ओरेलियन चुआमेनी (६/१०): कडा संघर्ष गरे र टोलीका भरपर्दा खेलाडी देखिए।
एड्रिएन राबियोट (४/१०): खेलको ९ मिनेटमै पहेँलो कार्ड पाएपछि लय समात्न सकेनन्। पहिलो हाफपछि नै उनलाई निकालियो।
माइकल ओलिसे (३/१०): स्पेनको रक्षापंक्ति तोड्न निकै संघर्ष गरे। यो उनको विश्वकपको सबैभन्दा कमजोर प्रदर्शन रह्यो।
आक्रमण
ओस्मान डेम्बेले (३/१०): बल नियन्त्रणमा निकै कमजोर देखिए र स्पेनको डिफेन्स छिचोल्न सकेनन्।
किलियन एमबाप्पे (३/१०): खेलभरि एउटा मात्र प्रहार गरे, केही सिर्जना गर्न सकेनन्।
ब्राड्ली बारकोला (४/१०): खासै प्रभाव जमाउन सकेनन् र ६०औं मिनेटमा प्रतिस्थापन गरिए।






प्रतिक्रिया