ज्योतिप्रकाश र दीपप्रकाश पाण्डेलाई मातृशोक

3.1k
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ ।

उनीहरूकी आमा इन्दिरा पाण्डेको मंगलबार बिहान निधन भएको हो । लामो समयदेखि स्वासप्रश्वास लगायतका समस्याबाट पीडित पाण्डेको ९१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उपचारको क्रममा नर्भिक अस्पतालमा बिहान ८ बजे निधन भएको पाण्डेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

Skip This