६ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ रहेकोमा आइतबार ६ सय रुपैयाँले बढेको हो ।

आइतबार चाँदीको मूल्य भने घटेको छ ।

आइतबार चाँदी प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ सय ५१० रुपैयाँ रहेकोमा आइतबार ३५ रुपैयाँले घटेको हो ।