
काठमाडौं । दुई दिनमा सेयर बजारमा ५० अंकको गिरावट आएको छ ।
अघिल्लो कारोबार दिन बुधबार ३०.०९ अंकले घटेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पनि १९.६७ अंकले घट्दै दुई दिनमा ४९.७६ अंकले संकुचित बनेको हो ।
बिहीबार १९.६७ अंकले घटेसँगै नेप्से २६०१.९२ बिन्दुमा खुम्चिएको छ ।
आज नेप्सेमा कुल ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार भने नेप्सेमा कुल २ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।






प्रतिक्रिया