
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको नाममा एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ ।
सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर विभागले बयानका लागि आउनू भनी जयवीरका नाममा पत्र टाँस गरेको हो ।
पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ ।
विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको थियो ।
नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा जयवीरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलगायतका निकायमा उजुरी परेको छ । सोही उजुरीमाथि अनुसन्धानका लागि पत्र काटिएको स्रोतको भनाइ छ ।







प्रतिक्रिया