क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा, विश्वकपको नकआउटमा रोनाल्डोको पहिलो गोल

182
Shares

एजेन्सी । क्रोएसियालाई २-१ ले पराजित गर्दै पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

क्रिष्टियानो रोनाल्डोले पहिलो पटक विश्वकपको नकआउट चरणमा गोल गरेको खेलमा पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको हो ।

क्यानडाको टोरन्टोमा भएको खेलमा इभान पेरिसिसचले ५३औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, डीबक्समा क्रोएसियाका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा क्रिस्टियानो रोनाल्डोले ६८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।

गोन्कालो रामोसले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि क्रोएसियालाई २-१ ले पराजित गर्दै पोर्चुगल विजयी भएको हो । पोर्चुगलले अब अन्तिम १६ मा छिमेकी स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।