राष्ट्रिय वाणिज्य बैंकको इन्टरनेट बैंकिङ सेवा असार मसान्तदेखि बन्द हुने

336
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने भएको छ ।

बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आगामी २०८३ साल असार मसान्तदेखि हाल सञ्चालनमा रहेको ‘आरबीबी इन्टरनेट बैंकिङ’ सेवा पूर्ण रूपमा बन्द हुने जानकारी दिएको हो ।

बैंकका अनुसार प्रविधिको विकास र ग्राहकको सहजतालाई ध्यानमा राख्दै यो कदम चालिएको हो ।

हाल इन्टरनेट बैंकिङमार्फत उपलब्ध भइरहेका अधिकांश बैंकिङ सेवाहरू अब बैंकको मोबाइल बैंकिङ एप डिजिटल संसार मार्फत नै सहज रूपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरूलाई आवश्यक बैंकिङ कारोबारका लागि ‘डिजिटल संसार’ मोबाइल एप प्रयोग गर्न अनुरोध गरेको छ ।

इन्टरनेट बैंकिङ सेवा बन्द हुने निर्णयबाट ग्राहकहरूलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना समेत गरेको छ ।