रुङ्गटा ग्रुपको ओसीबी पेलेट फिडले ५ महिनामा गर्यो २३ करोडको कारोबार, ८० करोड रुपैयाँ ऋण लिँदै

0
Shares

काठमाडौं । रुङ्गटा ग्रुपको ओसीबी पेलेट फिडले सञ्चालनमा आएको पाँच महिनाको अवधिमा करिब २३ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ५ महिनामा गरेको कारोबारबाट २२ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको हो ।

सन् २०२५ को अन्त्यबाट सञ्चालनमा आएका कम्पनीले विशेषगरी ब्रोइलर र लेयर्स दाना उत्पादन गर्दै आएको छ । नेपालगञ्जमा ७५ करोड रुपैयाँ लागतमा निर्माणका भएको कम्पनीले ५ महिनाको कारोबारबाट भने खुद घाटा व्यहोरेको छ । कम्पनीले आगादी दिनमा भने सञ्चालन नाफा हुने अनुमान गरेको छ ।

सन् २०१९ मा स्थापना भएको कम्पनीले दैनिक १ लाख २० हजार मेट्रिक टन दाना उत्पादन गर्दै आएको छ ।

कम्पनीले उत्पादन गरेको दाना पोशाक पेलेट दाना ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, चीन, थाइल्यान्डबाट आयात गर्दै आएको छ ।

प्रदिपकुमार रुङ्गटा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४० करोड रुपैयाँको रेटिङ गराएको हो ।