२६०८ बिन्दुमा खुम्चियो सेयर बजार, २० कारोबार दिनमा १६ दिन घट्यो

112
Shares

काठमाडौं । लगातार घट्दै सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६०८ बिन्दुमा ओर्लिएको छ ।

साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से २४.६३ अंकले घटेसँगै सूचक २६०८.३३ बिन्दुमा खुम्चिएको हो ।

यसअघि लगातार छ कारोबार दिन घटेको नेप्सेमा मंगलबार पनि गिरावट आएसँगै सूचक थप संकुचित बनेको हो ।

नेप्सेका अनुसार पछिल्लो २० कारोबार दिनमा बजार १६ दिन संकुचित हुँदा ४ कारोबार दिन मात्रै बढेको छ ।

मंगलबार नेप्सेमा कुल ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल २ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।