
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा प्रतितोला ४ हजार ५ सय रुपैयाँको गिरावट आएको छ ।
सोमबार प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला ४ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ४ हजार ३ सय १० रुपैयाँ थियो ।






प्रतिक्रिया