बीवाईडी प्रकरण-श्याम भण्डारीलाई भन्सारबाट अर्थमन्त्री वाग्लेले ताने मन्त्रालय

0
Shares

काठमाडौं । भन्सार विभागका महानिर्देशक श्याम भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएको छ । डा. अर्थमन्त्री स्वर्णिम वाग्लेले बीवाईडी प्रकरणपछि उनलाई मन्त्रालय तानेका हुन् ।

बजेट वक्तव्यअघि करका दर हेरफेर गर्ने सूचना चुहिएपछि दुई भन्सार नाकाबाट बीवाईडी सहित विभिन्न ब्राण्डका विद्युतीय सवारी भन्सार जाँचपास भएका थिए । यो प्रकरणमा भन्सार विभाग प्रमुख भण्डारीको भूमिका शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न माग भइरहेको छ ।

अर्थमन्त्रालयको मन्त्री स्तरीय निर्णयले भण्डारीलाई अर्थ मन्त्रालय तानेर विभागकै उपमहानिर्देशक भरतमणि पाण्डेलाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ ।