कुमारी बैंकका ग्राहकले नेसनल प्याथल्याबमा १० प्रतिशतसम्म छुट पाउने

35
Shares

काठमाडौं । कुमारी बैंक र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबीच कुमारी बैंकका ग्राहकहरुलाई ल्याबबाट प्रदान गरिने विभिन्न परिक्षण सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ ।

यो सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवाहरुमा कुमारी बैंकका ग्राहकले १० प्रतिशतसम्मको विशेष छुट पाउनेछन् ।

बैंकले विगत २५ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा सुविधा दिँदै आएको जनाएको छ ।

बैंकका अनुसार, ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै, बैंकद्वारा मेदांता, इन्द्रप्रस्थ एपोलो लगायतका देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू सम्पन्न गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ ।