
काठमाडौं । काठमाडौंको प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स रिसोर्टले आकर्षक सुविधाहरू समेटिएको ‘क्लाउड क्लब गोल्ड प्लस’ सदस्यता योजना सार्वजनिक गरेको छ ।
वार्षिक ३४ हजार ९९९ रुपैयाँ (कर बाहेक) शुल्कमा उपलब्ध हुने यो सदस्यतामार्फत ग्राहकले १ लाख १७ हजार रुपैयाँ बराबरको विभिन्न सेवा तथा सुविधाहरूको प्याकेज प्राप्त गर्नेछन् ।
विशेषगरी गुणस्तरीय बसाई र साहसिक खेलका पारखीहरूलाई लक्षित गर्दै कम्पनीले यो ‘भ्यालु फर मनी’ योजना सार्वजनिक गरेको हो ।
यस सदस्यता योजनाको सबैभन्दा आकर्षक पक्ष ४५ हजार रुपैयाँ मूल्य बराबरको रिसोर्टमा तीन रातको ‘बेड एण्ड ब्रेकफास्ट’ बसाई हो, जसमा दुई जनाका लागि आवासको सुविधा उपलब्ध हुनेछ ।
भ्रमणलाई अझ रोमाञ्चक बनाउन प्याकेजमा १६ हजार ५०० रुपैयाँ बराबरका २० वटा केवलकार टिकट (राउण्ड ट्रिप), १० वटा जिपलाइन राइड, १० वटा स्काई साइक्लिङ र १० वटा स्काईवाक भौचरहरू समावेश गरिएका छन् । यसका साथै १० वटा कपल स्विङ र ३ वटा स्विमिङ पुल भौचरले सदस्यहरूलाई पूर्ण मनोरञ्जनको ग्यारेन्टी गर्नेछ ।
खानपान र व्यावसायिक आवश्यकतालाई ध्यानमा राख्दै प्याकेजमा ३ वटा खानाका भौचरहरूका साथै रिसोर्टको रेस्टुरेन्ट मेनुमा २० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था गरिएको छ ।
कर्पोरेट ग्राहकका लागि २० हजार रुपैयाँ बराबरको बोर्ड रुम (१२ जनासम्मको क्षमता) दुई पटक प्रयोग गर्न सकिने सुविधा पनि यसैमा जोडिएको छ । शारीरिक स्फूर्तिका लागि स्टिम, साउना र स्पा सेवामा अतिरिक्त समयका भौचरहरू पनि उपलब्ध गराइएको छ ।
सदस्यता लिने कार्ड होल्डरका लागि थप विशेष लाभहरू पनि रहेका छन् । सदस्यले वर्षभरि नै केवलकार टिकटमा ५० प्रतिशत छुट पाउनेछन् भने आफ्नो जन्मदिनमा दुई पाउण्डको केक र निःशुल्क केवलकार यात्राको उपहार प्राप्त गर्नेछन् ।
यो सदस्यता योजना नेपाली नागरिकहरूका लागि मात्र लागू हुने र जारी भएको मितिले एक वर्षसम्म मान्य हुने कम्पनीले जनाएको छ । सदस्यता सम्बन्धी थप जानकारीका लागि इच्छुकहरूले ९८०२३००३०६ वा ९८०२०८४००७ मा सम्पर्क गर्न सक्नेछन् ।










प्रतिक्रिया