
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार २ लाख ८७ हजार ३ सय रुपैयाँ प्रतितोला सुनको मूल्य रहेकोमा सोमबार १ हजार ४ सय रुपैयाँले बढेको हो ।
यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार ४ हजार ६ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार ४० रुपैयाँले बढेको हो ।








प्रतिक्रिया