जेसीबी उपकरण खरिदमा एभरेष्ट बैंकले ८० प्रतिशतसम्म वित्तीय सुविधा दिने

42
Shares

काठमाडौं । नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा क्रियाशील एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच जेसीबीका ग्राहकहरूलाई सहज र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

एमए डब्लु अर्थमुभर्सका तर्फबाट सञ्जयदेव यादव र एभरेष्ट बैंकका तर्फबाट विनय खनालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस रणनीतिक सहकार्यअनुसार जेसीबीका निर्माण उपकरणहरू खरिद गर्न इच्छुक ग्राहकहरूले एभरेष्ट बैंकका देशभर रहेका जुनसुकै शाखाहरूबाट उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

ऋण स्वीकृतिको प्रक्रियालाई थप सरल र छरितो बनाउन आवश्यक सम्पूर्ण कागजातहरू पेश गरेको ७ कार्यदिनभित्रै सामान उपलब्ध गराउने आदेश जारी गरिने व्यवस्था मिलाइएको छ ।

Skip This