बैंकहरुले नापी कार्यालयको सेवा जग्गाको नक्सा र राजस्व भुक्तानी ‘मेरो कित्ता’ बाट प्रयोग गर्नसक्ने

119
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जग्गासँग सम्बन्धित सेवाहरूका लागि अनिवार्य रूपमा ‘मेरो कित्ता’ एप प्रयोग गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै अब बैंकहरूले जग्गाको नक्सा, फिल्डबुक र प्लट रजिस्टर जस्ता कागजातहरू प्राप्त गर्न र त्यससँग सम्बन्धित राजस्व तिर्न ‘मेरो कित्ता’ प्रणालीको प्रयोग गर्न निर्देशन दिएको हो ।

नापी विभागले सञ्चालनमा ल्याएको ‘मेरो कित्ता’ प्रणालीमा अब सबै बैंक तथा वित्तीय संस्थाहरू ‘संस्थागत प्रयोगकर्ता’ का रूपमा दर्ता हुनुपर्ने व्यवस्था गरेको हो । यसअघि यस्ता कागजातका लागि नापी कार्यालयमै धाउनुपर्ने वा कागजी प्रक्रिया पुरा गर्नुपर्ने बाध्यता रहेकोमा अब अनलाइनमार्फत नै यी कार्यहरू सम्पन्न गर्न सक्ने भएका हुन् ।

सबै बैंक तथा वित्तीय स‌स्था, पुर्वाधार बैंक र लघुवित्त वित्तीय संस्थाले मेराे कित्ता मार्फत नै उक्त सेवा लिन सक्ने निर्देशनमा उल्लेख छ ।