
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पोखरास्थित ‘टीपी लिंक नेटवर्क प्रालिको इन्टरनेट (इमेल सहित) सेवा सञ्चालनको अनुमतिपत्र रद्द गरेको छ ।
प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ८ मा कार्यालय रहेको उक्त कम्पनीको इन्टरनेट सेवाको नवीकरण नगरेकव कारण अनुमतिपत्र स्वत: खारेज भएको जनाएको हो ।
प्राधिकरणका अनुसार उक्त कम्पनीलाई मिति २०७३ जेठ ७ मा इन्टरनेट सेवा प्रदान गर्न अनुमति दिइएको थियो । तर, तोकिएको समयभित्र नियमानुसार नवीकरणका लागि निवेदन पेश नगरेका कारण दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम उक्त अनुमतिपत्र मिति २०८३/०२/०७ देखि नै लागू हुने गरी स्वतः रद्द भएको हो ।
प्राधिकरणले कम्पनीलाई नियमानुसार तिर्न वा बुझाउनुपर्ने कुनै रकम भए यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कार्यालयमा सम्पर्क गरी बुझाउन समेत निर्देशन दिएको छ ।
तोकिएको समयभित्र बक्यौता नबुझाएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले स्पष्ट पारेको छ ।










प्रतिक्रिया