
काठमाडौं । नियमविपरीत भारतीय नागरिकलाई दुबई जान सघाएको आरोपमा नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई आइतबार पक्राउ गरेको हो।
घटना विवरणअनुसार इन्डिगो एयरबाट काठमाडौं आएका एक भारतीय नागरिकलाई ती कर्मचारीले फ्लाई दुबईको बोर्डिङ पास मिलाइदिएका थिए।
भारतीय नागरिकका लागि आवश्यक पर्ने ‘नो अब्जेक्शन सर्टिफिकेट’ बिना नै ती यात्रु दुबई पुगेको पुष्टि भएको छ। अध्यागमन विभागको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेपछि यो रहस्य खुलेको हो। पक्राउ परेकाहरूमाथि अहिले विस्तृत छानबिन भइरहेको छ।









प्रतिक्रिया