
काठमाडौं । बुध्द एयरले आफ्ना रोयल क्लव सदस्यहरूका लागि ‘गज्जबको डिस्काउण्ट अफर’ सार्वजनिक गरेको छ ।
असार १ गतेदेखि लागू हुने यस अफरअन्तर्गत लामो दूरीका गन्तव्यहरू धनगढी, नेपालगञ्ज र भद्रपुर उडानमा विशेष छुट उपलब्ध हुनेछ ।
यस अफर अनुसार धनगढी उडानमा १२०० रुपैयाँ, नेपालगञ्ज उडानमा १ हजार रुपैयाँ तथा भद्रपुर उडानमा ८ सय रुपैयाँसम्म छुट प्रदान गरिनेछ ।
उक्त छुट दुईतर्फी उडानमा लागू हुनेछ । यो अफर सीमित अवधिका लागि लागु गरेको बुध्द एयरले जनाएको छ ।
हाल धनगढीका लागि दैनिक ३ वटा उडान गर्दै आएको छ भने नेपालगञ्ज र भद्रपुरका लागि बुध्द एयरले दैनिक ५/५ वटा उडान गर्दै आएको छ ।
अफरको लाभ लिन रोयल क्लव सदस्यहरुले टिकट बुकिङ गर्दा अनिवार्य रुपमा आफ्नो रोयल क्लव नम्बर इन्ट्री गर्नुपर्नेछ । रोयल क्लब माईलेज आईडी इन्ट्री नगरिएका बुकिङहरूमा यो अफर लागू हुने छैन ।
डिस्काउण्टका लागि रोयल क्लव माईलेज आईडी नम्बर इन्ट्री गर्न यात्रुले आफ्ना ट्राभल पार्टनर/एजेन्सीलाई अनुरोध गर्न विज्ञप्तिमा उल्लेख गरेको छ ।
बुध्द एयरको रोयल क्लव सदस्यता वेवसाईट वा मोबाईल एपमार्फत सजिलै लिन सकिन्छ । रोयल क्लवका सदस्यहरुले ५ केजी अतिरिक्त लगेज सुविधा प्राप्त गर्नुका साथै सुपरमार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट शपबाट माईलेज प्वाईण्ट प्रयोग गरि डिस्काउण्ट प्राप्त गर्न सक्नेछन् ।
बुध्द एयरले देशका विभिन्न भागमा दैनिक ६ दर्जनभन्दा बढी उडान सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुध्द एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रवार त्यसैगरि कोलकातातर्फ आईतबार, मंगलबार, बिहीबार र शनिबार उडान भरिरहेको छ ।
बुध्द एयरले आफ्ना यात्रुहरुका लागि सजिलै मोबाईलबाटै विश्वकप फुटबलका म्याच हेर्न एचटिभी–दिगो बोर्डकास्टीङ कन्र्सोटियम जेभीसँग सम्झौता गरेको छ ।
डीजीओ एपबाट फिफा वल्र्डकपका सम्पूर्ण खेलहरुका आनन्द लिन रोयकल क्लवका सदस्यहरुले फ्रि सब्सक्रिप्सन पाउनेछन् । यो सब्सक्रिप्स्न बुध्द एयरले आफ्ना रोयल क्लवका सदस्यहरूलाई आगामी ४ सातासम्म, हरेक साता सयौंका दरले सब्सक्रिप्सन प्रदान गर्न लागेको छ ।









प्रतिक्रिया